मार्सेलो रोनाल्डोसँग खेल्न युभेन्टस जाने

काठमाडौँ /  रियल मिड्रडका लेफ्ट ब्याक मार्सेलोले रियल मड्रिड छाड्ने तयारी गरेका छन् ।  चर्चित इटालीको  पत्रिका ‘टुटो स्पोर्टस्मा प्रकाशित रिपोर्टअनुसार मार्सेलो  क्रिस्टियानो रोनाल्डोसँग खेल्न युभेन्टस जान चाहेका हुन् ।

रोनाल्डोले यो सिजन सुरु हुनुअगावै रियल छाडेर युभेन्टस गएपछि त्यत्तिबेलैदेखि मार्सेलोले रियल छाड्ने चर्चा बढेको थियो । १७ वर्षको उमेरमा ब्राजिलियन मार्सेलो  रियल मड्रिडमा अनुबन्ध भएका थिए । सन् २००९ मा रोनाल्डो रियलमा अनुबन्ध भएपछि  ज्यादै मिलनसार साथीका रूपमा रहँदै आएका थिए । मैदानमा रोनाल्डो र मार्सेलोको उत्कृष्ट तालमेलका  कारन  मार्सेलोले स्पेन छाड्ने मनस्थिति बनाएको बताइएको छ ।

मार्सेलोले आफू रियलमै खुसी रहेको र क्लब नछाड्ने बताएपछि सो कुरा सेलाएको थियो । तर, केही दिनयता पुनः मार्सेलोको सरुवाले चर्चा पाएको हो । खबरअनुसार मार्सेलोले क्लब रियलसँग आफूले जनवरीमा क्बल छाड्न चाहेकोबारे औपचारिक जानकारी गराइसकेका छन्  /  युभेन्टसले पनि मार्सेलो भित्र्याउन तयारी थालेको बताइएको छ । उसले मार्सेलोलाई रोनाल्डोसँग सेट मिलाउन हाल टोलीमा रहेका एलेक्स सान्ड्रोलाई लोनमा इंग्लिस क्लब पठाउने तयारी गरेको छ ।

उनले आफू रोनाल्डोसँग खेल्न युभेन्टस जान चाहेको बताएका छन् ।उनले आफ्ना लागि बाटो खुला गर्न क्लबसँग अनुरोध गरेका छन् ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्