रोनाल्डोको ओल्ड ट्राफोर्ड आगमनमा म्यानचेष्टर युनाइटेड पराजित

काठमाडौँ /  क्रिष्टियानो रोनाल्डो ओल्ड ट्राफोर्ड फर्किएको दिन च्याम्पियन्स लिगमा मंगलबार राती युभेन्ट्सले म्यानचेष्टर युनाइटेडलाई उसकै घरमा हराएको छ ।

समूह एच तर्फ युभेन्टसले म्यानचेष्टर युनाइटेडलाई मंगलबार राती १–० ले हराउँदै ३ अंकको स्पष्ट अग्रता पनि बनाएको छ । युभेन्टसका लागि खेलको १७ औं मिनटमा रोनाल्डो कै क्रस पासमा पाउलो डायबबलाले एक मात्र निर्णायक गोल गरे ।

यो जितसँगै ३ खेलबाट ९ अंक जोडेको युभेन्ट्स शिर्ष स्थानमा छ । त्यस्तै ४ अंक जोडेको म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा रहँदा मंगलबार नै १–१ गोलको बराबरी खेलेका भ्यालेन्सिया र योङ ब्वाईज क्रमश २ र १ अंकका साथ तेस्रो र चौथो स्थानमा छन् । एजेन्सी ।


प्रतिक्रिया दिनुहोस्