रियल मड्रिडसँग  भिक्टोरिया प्लेजेन  पराजित

मड्रिड  /  युइएफए च्याम्पियन्स लिग फुटबलमा साविकको विजेता  रियल मड्रिडले  भिक्टोरिया प्लेजेनलाई २–१ ले पराजित गरेको छ ।

रियलको जितमा करिम  ११औं मिनेटमा करिम बेन्जेमाको गोलबाट खेलमा अग्रता बनाएको थियो । भास्क्वेजको क्रसमा अनमार्क रहेका बेन्जेमा फ्रि हेडरमार्फत गोल गरेको थिए । जितसँगै रियलले पछिल्ला पाँच खेलपछि जितनिकालेको छ । यो जितले रियलका प्रशिक्षक जुलियन लुप्टेगुईंलाई पनि केही राहत मिलेको छ ।

दोस्रो हाफको ५५ औं मिनेटमा मार्सेलोले ग्यारेथ बेलको पासलाई सदुपयोग गरेपछि रियल खेलमा २–० ले अघि बढेको थियो । रियल ७८औं मिनेटमा एक गोल खान पुगेको थियो । भिक्टोरियाका प्याट्रिकले गोल गर्दै खेलमा फर्कने संकेत देखाएका थिए । तर, त्यसपछि थप गोल हुन नसक्दा रियल २–१ ले विजयी हुन सफल रह्यो ।

जितपछि रियल तीन खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित भिक्टोरिया १ अंक जोडेर पुछारमा छ । रोमा ६ अंक जोडेर शीर्ष स्थानमा उक्लदा मस्को भने तेस्रो स्थानमा झरेको छ । मस्कोको समान ३ खेलबाट ४ अंक छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्