साख्तर डोनेक्समाथि म्यानचेस्टर सिटीको सहज जित

डोनेस्क  /  म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा साख्तर डोनेक्समाथि  उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । सिटीको जितमा डेभिड सिल्भा, एमारिक लापोर्टे र बर्नाडो सिल्भाले गोल गरे ।

सिटीले डेभिड सिल्भाको गोलबाट खेलको ३०औं मिनेटमा अग्रता लिएको थियो । त्यसको ५ मिनेटपछि एमारिक लापोर्टेले गोल गरेपछि सिटीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । ७१औं मिनेटमा बर्नाडो सिल्भाले रियाद महारेजको पासमा गोल गरेपछि सिटीले ३–० को सहज जित निकाल्न सफल भयो ।

जितपछि समूह ‘एफ’ मा सिटीको ३ खेलबाट ६ अंक पुगेको छ । सिटीसँग पराजित साख्तर २ अंक जोडेर पुछारमा छ ।मंगलबार राति नै भएको खेलमा लियोन र टिएसजी होफेनहेनले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्