च्याम्पियन्स लिगमा आज मेसी बिनाको बार्सिलोना र मिलान भिडर्दै

बार्सिलोना /  यूईएफए च्याम्पियन्स लिग अन्तर्गत  बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ । बार्सिलोनाका घरेलु मैदानमा हुने खेलमा चोटका कारण बार्सिलोनाका नियमित कप्तान लिओनेल मेसी भने उपलब्ध हुने छैनन् ।

सेभिल्लाविरुद्ध लिग खेलमा घाइते भएका मेसी तीन साता मैदानबाहिर बिताउने छन् । बार्साले टोटेनहम र पीएसभीलाई पराजित गर्दै समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ ।

यता इन्टर मिलानले पनि यसअघि दुवै खेल जितेको छ । इन्टर र बार्सिलोनाको खेलमा जित हासिल गर्ने टोलीले दोस्रो चरण छनोटका लागि बलियो दावेदारी पेस गर्नेछ । मेसी अनुपस्थित भएपनि बार्सिलोना जितको लागि तयार रहेको डिफेन्डर जोर्डी अल्बाले बताए । ‘इन्टर बलियो टोली हो । उनीहरुको प्रदर्शन पनि पछिल्लो केहि खेलमा निकै राम्रो रहेको छ । तर हामी तयार छौं । घरेलु मैदानमा जितको लागि नै खेल्नेछौं,’ उनले भने ।

मेसीको कमि पक्कै महसुस हुनेछ । उनी सबैको लागि महत्त्वपूर्ण खेलाडी हुन् । तर उनको कमी महसुस हुन नदिन अन्य खेलाडी पनि छन् । आउने केहि खेलका लागि हामीले मेसी बिनानै जित दर्ता गर्नुपर्छ,’ अल्बाले भने । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्