अन्तत मनिशले मन पराएकी गायीका मेलिना सँग गाएको गित ‘ढिला जन्मेछु’ सार्बजानिक (भिडियो सहित)

काठमाडौं, ७ कार्तिक / भाईरल बाल प्रतिभा मनिश लिम्बु र मेलिना राईको ढिला जन्मेछु बोलको गित सार्वजानिक भएको छ । पछिल्लो समय एकाएक दर्शकहरुको मन जित्न सफल भएका बाल प्रतिभा लिम्बुले दर्शककै माग अनुसार मेलिना सँगको युगल गित बजारमा ल्याएको हो ।

पाँचथर कुरुम्बा घर भएका नौ बर्षिय लिम्बु सुमधुर आवाज र कुशल अभिनय गर्ने क्षमताका कारण मिडियामा दिनप्रतिदिन भाईरल भईरहेका छन् । सानै उमेरमा निर्धक्क सँग मिडियामा बोल्न सक्ने खुवि भएका यि वालक धेरै लोकप्रिय गायक, संगितकार स्रजकहरु सँग पनि भेटघाट गरि सकेका छन् ।

कल्पना  आङ्बुहाङको रचना, सविन लिम्बुको एरेन्ज रहेको ढिला जन्मेछु बोलको गितलाई मनिश लिम्बु र मेलिना राईले गाएका हुन भने तारा प्रकाश लिम्बुले संगित भरेका छन् । सन्देश कार्कीले छांयाङकन र बिष्णु खड्का आर्यनले संपादन गरेको यस गितलाई ओपल रेर्कडिङ स्टुडियोमा रेर्कडिङ गरिएको छ ।

ढिला जन्मेछु गितको भिडियोलाई सोमबार मात्र Mero Online TV बाट सार्बजानिक गरिएको छ ।

 

– भिडियो हेर्न तल राखिएको लिंकमा क्लिक गर्नुहोस ।


प्रतिक्रिया दिनुहोस्