च्याम्पियन्स लिगमा एकैदिन ८ खेल हुँदै, आज हुने खेल र समय :

काठमाडौं /  युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज कूल ८ खेल हुँदैछन् । समूह चरणअन्तर्गत तेस्रो चरणका ८ खेल आज हुन लागेका हुन् ।

 

आज हुने खेलमा सबैभन्दा बढी आकर्षणको केन्द्र बार्सिलोना र इटालियन क्लब इन्टर मिलानको खेल हुनेछ । यो खेल बार्सिलोनाको घरमा हुनेछ । आजको खेलमा बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी चोटका टोलीमा हुनेछैनन् ।

यी हुन् आज हुने खेल र समय :

-पिएसभी इन्डोभिनविरुद्ध टोटनह्याम (१०ः४० बजेदेखि)
-क्लब ब्रुगीविरुद्ध मोनाको (१०ः४० बजेदेखि)
-पिएसजीविरुद्ध नापोली (१२ः४५ बजेदेखि)
-बोरुसिया डर्टमुन्डविरुद्ध एथ्लेटिको मड्रिड (१२ः४५ बजेदेखि)
-लोमोकोटिभ मोस्कोविरुद्ध पोर्टो (१२ः४५ बजेदेखि)
-गालाटसरीविरुद्ध साल्के (१२ः४५ बजेदेखि)
-बार्सिलोनाविरुद्ध इन्टर मिलान (१२ः४५ बजेदेखि)
-लिभरपुलविरुद्ध रेड स्टार बेलग्रेड (१२ः४५ बजेदेखि)


प्रतिक्रिया दिनुहोस्