नेपाल कतारबीच फुटबल विकासमा सहकार्य गरिने

काठमाडौँ, ७ कात्तिक / फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ ।

कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन ९क्युएफए० बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । सम्झौता आगामी पाँच वर्षसम्मका लागि भएको एन्फाले जनाएको छ ।

दुवै राष्ट्रको फुटबल विकासका लागि एन्फा र क्युएफएको मुख्यालय दोहामा एन्फाका अध्यक्ष शेर्पा र क्युएफएका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अलतानीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतानुसार दुई राष्ट्रबीचको विभिन्न विषयका लागि व्यवस्थापन टोली, प्राविधिक टोली, प्रशिक्षक, रेफ्री र खेलाडीको आदानप्रदान हुनेछ । त्यसैगरी फुटबलको अध्ययन, अनुसन्धान, महिला फुटबल, युवा फुटबल, फुटसललगायत १७ कार्यमा दुई मुलुकबीच सहकार्य हुने सम्झौतामा उल्लेख छ ।

कतार सन् २०२२ को विश्वकप आयोजक राष्ट्रसमेत हो । हाल कतारले विश्वकपका लागि फुटबल मैदान धमाधाम निर्माण गरिरहेको छ । सम्झौताका लागि एन्फा अध्यक्ष शेर्पा र लिग कमिटीका संयोजक विज्ञानराज शर्मा हाल दोहामा हुनुहुन्छ । यसअघि एन्फाले जापान फुटबल एशोसिएशन ९जेएफए०सँग सहकार्य गर्न सम्झौता गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्