विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदै, चार ठाउँमा देखाइने

काठमाडौं, /  आइसिसी विश्वकप क्रिकेटको ट्रफी  सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी विश्व भ्रमण गरी  शुक्रबार ट्रफी नेपाल ल्याइने आइपुग्ने भएको छ ।

 

आइसिसीका अनुसार सो ट्रफीलाई नेपालमा शुक्रबारदेखि सोमबारसम्म गरी ४ दिन राखिनेछ । त्यसक्रममा विभिन्न चार स्थानमा सो ट्रफी प्रदर्शन गरिनेछ ।

नेपालस्थित आइसिसीकी प्रतिनिधि भावना घिमिरेले शुक्रबार ट्रफी नेपाल आइपुग्ने बताइन् । ट्रफी नेपाल ल्याएकै दिन साँझ स्वयम्भूमा पहिलोपटक सार्वजनिक गरिनेछ ।

त्यसपछि ट्रफीलाई शनिबार बिहान पोखरामा लगेर सार्वजनिक गरिनेछ । पोखरामा पिपिएल ९ गते देखि सुरु हुने हुँदा पोखरा लैजाने तयारी भएको हो । त्यसपछि ट्रफी काठमाडौं ल्याएर आइतबार बिहान चन्द्रागिरी र सोमबार बसन्तपुरमा प्रदर्शन गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्