मेसीबिनाको बार्सिलोनासँग इन्टर मिलान पराजित

बार्सिलोनाले /  यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई पराजित गरेको छ । कप्तान लिओनेल मेसीबिना उत्रिएकोबार्सिलोनाले  खेलमा धेरै कठिनाइ भोग्नु परेन २-० ले पराजित गरेको छ  ।

बार्सिलोनाले ३२ औं मिनेटमा राफिन्हाको गोलमा अग्रता बनायो । लुइस सुआरेजको क्रसमा उनले गोल गरेका थिए । पहिलो हाफमै इन्टरका गोलरक्षक सामिर हान्डानोभिचले लुइस सुआरेज र क्लेमेन्ट लेङलेटको प्रहारलाई विफल तुल्याएका थिए । फिलिपे कोउटिन्होले दोस्रो हाफमा गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो । ८३ औं मिनेटमा भने बार्सिलोनाले अग्रता दोब्बर पार्यो । जोर्डी अल्बाले इभान राकीटिचको पासको सदुपयोग गर्दै दोस्रो गोल गरे ।


च्याम्पियन्स लिगमा लगातार तेस्रो जितसँगै बार्सिलोना समूहको शीर्ष स्थानमा उक्लिएको छ । ९ अंक जोडेको बार्सिलोनालाई ६ अंक जोडेको इन्टरले पछ्याईरहेको छ । टोटेनहम र पीएसभीको खेल २-२ को बराबरीमा सकिएपछि दुवै टोलीको १-१ अंक भएको छ । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्