पीएसजी नेपोलीसँग बराबरीमा रोकियो

बिहीबार, कात्र्तिक ८, /  यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा  नेपोलीविरुद्ध पीएसजीले हार टारेको छ । डी मारियाको इन्ज्युरी समयमा गोल गरेपछि पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा खेल २-२ को बराबरीमा टुंगियो ।

खेलको पहिलो हाफमा लोरेन्जो इन्सिगनेले  २९ औं मिनेटमा गोलमा परिणत गरेका थिए । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरेको पीएसजीले खेल बराबरी गर्न आत्मघाती गोलको साहारा लिनुपर्यो । डिफेन्डर थोमा मेउनिएरको क्रस नेपोलीका मार्को रुईलाई लाग्दै गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा  नेपोलीले पुन: अग्रता बनाउन सफल रहयो । खेलको १३ मिनेट समय बाँकी रहँदा ड्रिज मर्टेन्सले गोल गरे । तर इन्ज्युरी समयमा डी मारियाले  गोल गर्दै खेल बराबरीमा ल्याए । डी मारियाले पेनाल्टी क्षेत्रबाहिर बाट गोल गर्दै अंक बचाएका थिए ।

यस बराबरीसँगै पीएसजी तेस्रो स्थानमा कायम छ । शीर्ष स्थानमा २ जित दर्ता गरेको लिभरपुल तथा दोस्रोमा ५ अंक बोकेको नेपोली छ । लिभरपुलले रेड स्टार बेलग्रेडलाई ४-० ले पराजित गरेपछि शीर्ष स्थानमा चढेको हो । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्