यू–१५ साफ च्याम्पियनसिपमा नेपालसँग माल्दिभ्स ४–० ले पराजित

काठमाडौं /  यू–१५ साफ च्याम्पियनसिप अन्र्तगत आजदेखि काठमाडौंमा सुरु भएको साफ च्याम्पियनसिपमा माल्दिभ्स विरुद्धको खेलमा नेपाल विजयी भएको छ ।
नेपालले माल्दिभ्सलाई ४–० को गोल अन्तरले हराएको हो ।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालले ४–० गोल अन्तरले हराउदै विजयी सुरुवात गरेको हो । २८औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो। माल्दिभ्सका डिफेण्डरले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई जान लिम्बुले गोलमा परिणत गरेका थिए । ३५औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। नामस थापामगरले पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गर्दै नेपाललाई पहिलो हाफमा दोब्बरको अग्रता दिलाए।

दोस्रो हाफमा शंशांक बोहोराले तेस्रो गोल गरे भने खेलको ६८ औं मिनेटमा दिपेश राईले गोल गर्दै नेपालको अग्रता ४–० मा पुर्‍याएका थिए।यसअघि आजै भएको उद्घाटन खेलमा पाकिस्तानले भारतलाई २–१ ले हराएको छ।


प्रतिक्रिया दिनुहोस्