जन्म दिनको अवसरमा निम्न स्तरको जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग

चितवन,८ कात्तिक । निम्न स्तरको जेहेन्दारविद्यार्थीलाइ आर्थिक सहयोग गर्दै स्थानीय पत्रकार एवं सन्चारकर्मी चित्र सोल्टी गुरुङले आफ्नो जन्मदिन मनाएको छ । पत्रकार गुरुङको आज परेको जन्म दिनको अवसरमा मुग्लिनमा रहेको त्रिवेणी बराह माविमा शिक्षा शास्त्र संकायमा कक्षा ११ मा अध्ययनरत छात्र जीवन गुरुङ्कको एक वर्षको मासिक शुल्क एकमुष्ट ६ हजार रुपैयाँ विधालयका प्रध्यानाध्यापक युवराज लामा तथा सहायक प्रध्यानाध्यापक शंकर सिलवाललाई हस्तान्तरण गरेको हो ।

विद्यालयको पुर्ब बिद्यार्थी समेत रहेका पत्रकार गुरुङले यसरि आर्थिक सहयोग गरि निम्नस्तरका जेहेन्दार विद्यार्थीको शिक्षा प्राप्तिमा सहयोग गरि सर्हानिय कार्य गरेको भन्दै अरुले पनि यस्तो राम्रो कामको सिको गर्दा राम्रो हुने विधालयका प्राध्यानाध्यापक युवराज लामाले बताउनु भयो ।साथै जन्म दिनको अवसरमा पत्रकार गुरुङले रक्तसञ्चार केन्द्र भरतपुरमा रक्तदान समेत गरेका छन् ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको जिल्ला कार्यसमिति सदस्य समेत रहनु भएका पत्रकार गुरुङ गोरखाको मनकामना एफएम ९८.७ का स्टेशन प्रमुख हुनुका साथै इच्छाकामाना न्युज अनलाइन तथा आबुखैरेनी सन्देश साप्ताहिकका कार्यकारी सम्पादक एवं संचालक समेत हुन ।


प्रतिक्रिया दिनुहोस्