घर भित्र छिरेर बलात्कार गर्न खोज्ने प्रहरी मरणासन्न हुने गरी पिटाइ खाई

एजेन्सी / अहिले भारतिय मिडियामा एक महिलाले प्रहरीलाइ रुखमा डोरीले बाँधेर पिटिरहेको भिडियो र तस्बिर भाइरल बनिरहेको छ । भारतीय संचार माध्यमहरुले यस भिडियोलाई प्राथमिकताका साथ देखाए पनि यस भिडियोले भारतीय प्रहरी माथिनै प्रश्न उठेको बताउन थालिएको छ । उक्त भिडियोमा एक महिलाले रुखमा बाधेर मरणासन्न हुने गरी पिटेको देखाइएको छ ।

महिलाले बताइए अनुसार उक्त प्रहरीले मादकपदार्थ शेवन गरेर आरोपी प्रहरी आफ्नो घरमा जबर्जस्ति घुसेर दुस्कर्मको प्रयास गरेको साथै आफुलाई बलात्कारको प्रयास गरेको कारण यसरी प्रतिकार गर्नु परेको हो । घर भित्र छिरेर बलात्कारको प्रयास गर्दा असफल भए पछि महिला माथि इट्टा प्रहार गरेर टाउको फुटाइदिएको महिलाले बताएकी छिन् । तर घाइते प्रहरीले भने सम्पूर्ण आरोप झुठो रहेको बताउने गरेका छन् । घाइतेलाई प्रहरीले उद्धार गरि अहिले अस्पतालमा भर्ना गरिएको जानकारी प्राप्त भएको छ।


प्रतिक्रिया दिनुहोस्