यू-१९ च्याम्पियनसिपमा भारतमाथि नेपालको शानदार जित

काठमाडौं /  यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत शुक्रबार थाइल्याण्डस्थित चोनबुरी रंगशालामा नेपालले भारतलाई २-० ले पराजित गरेको छ ।

नेपालको जितमा फरवार्ड रेखा पौडेलले दुई गोल गरिन् । निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको ५९ औं मिनेटमा रेखाले नेपाललाई अग्रता दिलाइन ।   रेखाले खेलको २ मिनेट समय बाँकी छंदा नेपालको अग्रता दोब्बर पारिन् । उनले गोलरक्षकको टाउको माथिबाट चिप गोल गर्दै नेपालको जित पक्का गरिन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० ले पराजित भएको थियो । यता पाकिस्तानलाई १८-० ले हराउँदै भारतले उत्कृष्ट सुरुवात गरेको थियो ।  आइतबार नेपालले समूहको अन्तिम खेलमा पाकिस्तानको सामना गर्नेछ भने भारत र थाइल्याण्ड पनि भिड्ने छन् ।समूहबाट शीर्ष स्थानको टोली र दोस्रोमध्ये उत्कृष्ट दुईमा पर्ने टोलीले थाइल्याण्डमा हुने यू-१९ च्याम्पियनसिपको अन्तिम चरणमा छनोट हुनेछ ।


प्रतिक्रिया दिनुहोस्