नेकपाको चियापान समारोहमा नेता कार्यकर्तादेखि सर्वसाधरणको बक्लो उपस्थिति

काठमाडौं /  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजधानीको भृकुटीमण्डपमा दशै तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

चियापान समारोहमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको ,समृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सर्न्दभमा सांस्कृतिक कार्यक्रमहरुको पनि विशेष महत्व बताए ।

चियापान समारोहमा नेताहरु माधव कुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ्ग, रामबहादुर थापा वादल लगातको उपस्थिति छ । प्रधानमन्त्री एव पार्टी अध्यक्ष केपी ओली अपरान्ह ३ बजेपछि उपस्थित हुने कार्यक्रम छ । चियापान समारोहमा नेता कार्यकर्तादेखि सर्वसाधरणको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्