युभेन्टससँग इम्पोली पराजित, रोनाल्डोको उत्कृष्ट २ गोल

इम्पोली /  इटालियन सिरी ‘ए’ अन्तर्गत युभेन्टसले इम्पोलीलाई उसैको घरेलु मैदानमा २-१ पराजित गरेको छ। पहिलो हाफमा पछि परेको युभेन्टसलाई जित दिलाउन दोस्रो हाफमा रोनाल्डोले दुई गोल गरे।

इम्पोलीका लागि फ्रान्सेस्को कपुतोले पहिलो हाफमा घरेलु टोलीका लागि २८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। युभेन्टसले खेलमा पकड देखाएपनि पहिलो हाफमा गोल गर्न सकेन।

दोस्रो हाफमा पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोले युभेन्टसलाई बराबरी दिलाए। इस्माएल बेनेकरले पौलो ड्याबलालाई लडाएपछि पाएको पेबाल्टी मार्फत रोनाल्डोले ५४ औं मिनेटमा गोल गरे।

खेलको ७० औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई विजयी गोल दिलाए। यो जितसँगै युभेन्टसले अंक तालिकाको शिर्षस्थानमा ७ अंकको अग्रता बनाउन सफल भएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्