कांग्रेस कोषबाट रकम हिनामिना, असहमती हुँदाहुँदै महामन्त्री आफैँले हस्ताक्षर गरेर ५० लाख निकाले

क्रियाशील सदस्यता वितरण र नवीकरण, सांसद्बाट महिनैपिच्छे काटिने लेबिबाट चल्दै आएको कांग्रेसको आर्थिक कोष मनपरी चलेको छ। महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुँदाहुँदै कोषबाट रकम निकाल्ने गरिएको छ।

कांग्रेसको नियमावलीमा पार्टी कोष सञ्चालन कोषाध्यक्षले समिति बनाएर गर्ने भन्ने छ। कांग्रेस सचिवालयका अनुसार खाता सञ्चालनका लागि कोषाध्यक्षसहित महामन्त्री डा। शेखर कोइराला र केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर चल्छ।

आफ्नो असहमती हुँदाहुँदै दसैँ अघि विभिन्न बैँकबाट ५० लाख रुपैयाँ निकालिएको यादवले बताइन्। यस अघि निकालिएको डेढ करोडको खर्च अपारदर्शी भएको उनको गुनासो छ।

महामन्त्रीले घरमै बोलाएर चेकमा हस्ताक्षर गर्न लगाएको र नमानेपछि आफैँले हस्ताक्षर गरेर पैसा निकालेको यादवले बताइन्।आजको नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्