एथ्लेटिको मड्रिड बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा उक्लियो

काठमाडौ‌ कार्तिक ११ /   ला लिगामा अन्तर्गत एथ्लेटिको मड्रिडले  शनिबार राति भएको खेलमा रियल सोसिडाडलाई २–० ले हराउँदै पाँचौ स्थानमा भएको एथ्लेटिकोले शीर्ष स्थान कब्जा गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बलियो टोलीका लागि डिएगो गोडिन र फिलिपे लुइसले समान एक–एक गोल गरे । डिएगोले खेलको ४५ औं मिनेटमा गोल गरे भने लुइसले ६० औं मिनेटमा गोल गरे ।

यससँगै एथ्लेटिकोले १० खेलबाट ५ खेल जित्दै १९ अंक बनाएको छ भने बार्सिलोना ९ खेलबाट १८ अंकका साथ दोस्रो स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस्