६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु हुने, कामदारको खर्च रोजगारदाताले बेहोर्ने

काठमाडौं ११,/  कार्तिक बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आइतबार ( आज ) काठमाडौं आउँदैछन् । नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

यसैका लागि मन्त्री कुलेसेगरन काठमाडौं आउने भएका हुन् । यसअघि सञ्चालनमा रहेका बायोमेडिकल (बायोमेट्रिक), ओएससी, आइएससी जस्ता संस्थालाई निरन्तरता दिन सहमति भएपछि पहिलोपटक नेपाल र मेलसियाबीच श्रम समझदारी (एमओयु) हुन थालेको हो ।

६ महिनाअघिकै प्रक्रियाम अनुसार मलेसियाले नेपालबाट कामदार लैजाने भए पनि अबदेखि कामदारको सम्पूर्ण खर्च मलेसियान रोजगारदाताले बेहोर्ने छन् ।

गत जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्द छ । आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्