आज ‘एल क्लासिको’, मेस्सी र रोनाल्डोबिना, कसले जित्ला ?

काठमाडौ‌ कार्तिक ११ / स्पेनिस ला लिगाअन्तर्गत आज बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ स्पेनिस लिगको प्रतिष्ठित प्रतिस्पर्धा एल क्लासिकोका लागि रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्दै छ।

बार्सिलोना र रियलबीचको ‘एल क्लासिको’ राति ९ बजे हुनेछ । आजका बार्सिलोना र रियल मड्रिडको ‘एल क्लासिको’लाई महत्वपूर्ण खेल मानिन्छ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी र रियलका पूर्वस्ट्राइकर क्रिस्टियानो रोनाल्डोको भिडन्त र प्रर्दशनलाई जोड्ने एउटा साझा थलो मानिएको ‘एल क्लासि’ स्पेनिस लिगमा निकै महत्वपूर्ण मानिन्छ ।

तर, अबको एल क्लासिकोमा भने मेस्सी र रोनाल्डोलाई एकसाथ देख्न नपाइने भएको छ । रोनाल्डोले स्पेनिस क्लब छाड्दै यसै सिजन ईटालिनय क्लब युभेन्टस लागेपछि यी दुई खेलाडी एल क्लासिकोमा एक साथ देखिने छैनन् ।

यसैगरी आजको एल क्लालिको भने बार्सिलोनाका मेस्सी पनि हुने छैनन् । मेस्सी हात भाँचिएसंगै मैदान बाहिर छन् । करिब ११ वर्षपछि एल क्लासिकोमा मेस्सी र रोनाल्डो एकसाथ नदेखिने भएका हुन् । सन् २००७ को डिसेम्बरपछि पहिलो पटक एल क्लासिको मेस्सी र रोनाल्डोबिनाको हुनेछ ।

बार्सिलोनाले मेस्सीबिना बलियो रियलसँग प्रतिस्पर्धा गर्नेछ भने रियल पनि सन् २००९ पछि पहिलोपटक आफ्ना पूर्वसुपरस्टार रोनाल्डोबिनै पहिलोपटक एल क्लासिको खेल्दैछ । ९ खेल खेलेको बार्सिलोना १८ अंक सहित दोस्रो स्थानमा छ । रियल मड्रिड १४ अंक सहित तालिकाको आठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्