प्रिमियर लिगमा आज चेल्सी/बर्नली,आर्सनल/रिस्टल प्यालेस र युनाइटेड/एभर्टन भिड्दै

काठमाडौं,  /   इंग्लिस प्रिमियर लिगअन्तर्गत  आज चेल्सी, आर्सनल र म्यानचेस्टर युनाइटेड लगायत तीन ठूला क्लबका खेल हुनेछ ।

जसअन्तर्गत साँझ ७.४५ बजे चेल्सी र बर्नलीले प्रतिस्पर्धा गर्दैछन् । चेल्सीको प्रिमियर लिगमा ९ खेलबाट २१ बनाएर अंक तालिकाको तेस्रो स्थानमा छ । यसैगरी बर्नली समान ९ खेलबाट ८ अंकसहित अंकतालिकाको १४ औं स्थानमा छ । यस्तै आजकै अर्को खेलमा आर्सनल र क्रिस्टल प्यालेस भिड्नेछन् । २१ अंकका साथमा चौथो स्थान ओगटेको आर्सनलले क्रिस्टल प्यालेसको घरेलु मैदान जित निकालेर उसलाई कमजोर सावित गर्न चाहन्छ ।

यी दुईबीचको खेल पनि ७.४५ मै सुरू हुनेछ । अर्को ठूलो खेलमा म्यान्चेस्टर युनाईटेड र एभर्टन आमने सामने हुँदैछन् । यी दुईबीचको खेल नेपाली समयअनुसार राति ९.४५ मा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्