ओलीजीसँग सल्लाह गरेँ,अन्तराष्ट्रिय क्रिकेट रंगशाला चितवनमै हुन्छ घोषणा गरिदिनुस्

चितवन / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले अन्तराष्ट्रिय क्रिकेट रंगशाला चितवनमै बनाइने बताएका छन् ।

भरतपुर महानगरपालिकामा आइतवार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले देशकै महत्वपूर्ण मध्ये एक अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला चितवनमै बनाउने घोषणा गरेका हुन् । मैले हिजो मात्रै पनि प्रधानमन्त्री केपी ओलीसँग भेटमा कुरा राखेँ, उहाँले क्रिकेट रंगशाला चितवनमै निर्माण हुन्छ तपाईँले घोषणा गरिदिनुस् भन्नुभयो’, दाहालले कार्यक्रममा बोल्दै भने ।

अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउनका लागि धुर्मुस-सुन्तली फाण्डेसनले पनि चितवनकै जग्गालाई उपयुक्त मानेको थियो । फाउन्डेसनले अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन रामपुरमा रहेको जग्गा महानगरपालिकासँग माग गरेको थियो । यो जग्गा त्रिभुव विश्वविद्यालयसँग रहेकाले अझै टुंगो भने लाग्न बाँकी छ । त्यो जग्गा कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई हस्तान्तरण गरेम मात्रै रंगशाला निर्माणको ढोका खुल्नेछ ।

भरतपुर महानगरपालिकालले रामपुरस्थित जग्गाको साटो कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई साविक चित्रवन नगरपालिका अन्तर्गतकै सार्वजनिक जग्गा दिने निर्णय गरिसकेको छ । अन्नपूर्ण पोस्टमा समाचार छ  ।


प्रतिक्रिया दिनुहोस्