चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो,आर्सनल क्रिस्टल प्यालेसँग रोकियो

वर्नली / लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग अन्तरगत आइतबार भएको खेलमा बर्नलीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सी दोस्रो स्थानमा उक्लन सफल भएको हो ।

पहिलो हाफमा १–० को अग्रता लिएको चेल्सीले  ५७ औं मिनेटमा बार्क लि ले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।  ६२औं मिनेटमा विलियनले गोल थपेपछि चेल्सीले खेलमा ३–० को अग्रता लिन सफल भयो । इन्जुरी समयमा लफ्टस चिकले गोल गर्दै चेलसीलाई ४–० को फराकिलो जित दिाए ।

प्रिमियर लिग फुटबलमा अन्तरगत आर्सनल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । आर्सनल क्रिस्टल प्यालेससँग २–२ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफमा १–० ले पछि परेको आर्सनलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गर्न सफल भएका थिए । ५१औं मिनेटमा ग्राइन्ट छाकाले बराबरी गोल गर्दा ५६औं मिनेटमा औवामियाङले गोल गर्दै आर्सनलाई २–१ को अग्रता दिलाएका थिए ।

८३औं मिनेटमा मिनिभोजेभिकले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल र प्यालेसले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।बराबरी आर्सनलको १० खेलबाट २२ अंक सहित चौथो स्थानमा पुगेको छ । क्रिस्टल प्यालेस ८ अंकसहित १४औं स्थानमा छ । एजेन्सी

 

 


प्रतिक्रिया दिनुहोस्