बार्सिलोनाले रियललाई ५-१ गोलले पराजित गर्दै शीर्ष स्थानमा,सुअारेजको ह्याट्रिक

बार्सिलोना /  स्पेनिस ला लिगा ( एल क्लासिको)अन्तर्गत बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-१ गोलले पराजित गर्दै   लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो ।

 

लियोनल मेस्सी विनाको बार्सिलोनाले पहिलो हाफमा फिलिप कौटिन्हो र लुइस स्वारेजको गोलमा २-० को अग्रता बनाएको हो। खेलको ११ औं मिनेटमा गोल गर्दै घरेलु टोली बार्सिलोनाले सुरुआती अग्रता लियो। बार्सिलोनाले ३० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर गरेको हो। लुइस स्वारेजले पेनाल्टीलाई सदुपयोग गरेका हुन्। खेलको २८ औं मिनेटमा रफिएल भरानले स्वारेजमाथी फल गरेपछि रेफ्रीले पेनाल्टी दिएनन्। तर भारको प्रयोगसँगै बार्सिलोनाले पेनाल्टी पाएको थियो।

रियल दोस्रो हाफको ५० अौं मिनेटमा १ गोल गरे ।  बार्सिलोनाको लागि सुअारेजले ७५ र ८३ अौं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ८७  अौं मिनेटमाअार्टुरो भिडालले अन्तिममा गोल गर्दै ५-१ गोलको फराकिलो जित पक्का गरे । एजेन्सी


प्रतिक्रिया दिनुहोस्