बेबारिसे सव फेला

प्रयास लिम्बू

ताप्लेजुङ, १२ कात्तिक / ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा बेबारिसे सव फेला परेको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बारीधाप भन्ने ठाउँमा एक पुरुषको सब फेला परेको हो ।

                                                                   फाईल तस्विर

हाङ्देवाका स्थानीय विष्णुप्रसाद खतिवडाको बारी नजिक रहेको अलैँची सुकाउने भट्टीभित्र सुतिरहेको अवस्थामा स्थानीयले आइतबार बिहान मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक काशीनाथ रेग्मीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगी मुचुल्का उठाएर सव पनि पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पु¥याइएको छ ।

प्रहरी निरीक्षक रेग्मीले तराई मुलका जस्ता देखिने अन्दाजी ५० वर्षीय पातलो शरीर भएको पुरुषको सव रहेको र अहिलेसम्म पहिचान हुन नसकेको जानकारी दिनुभयो । रेग्मीका अनुसार करिव एक हप्ता अघिदेखि हाङ्देवाका स्थानीयले ती मानिसलाई डुलघुम गर्ने गरेको देखेका र उनी नेपाली भाषा पनि बोल्न नजान्ने थिए । बेबारिसे सव फेला परेपछि उनका आफन्तको खोजीनीतिका लागि स्थानीय सञ्चारमाध्यमहरुमा जानकारी गराएको पनि प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्