१ सय ८८ यात्रु बोकेको इण्डोनेशियामा विमान समुद्रमा खस्यो, खोजी कार्य जारी

एजेन्सी । इण्डोनेशियामा सोमबार बिहानै १८८ यात्रु बोकेको लायन एयरको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको छ। जकार्ताबाट उडान भरेको लायन एयरको विमान उडान भरेको १३ मिनेटमै दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटना ग्रस्त बिहानको केही भाग समुद्रमा फेला परेको छ। तर बिहान भने अहिलेसम्म नभेटिएको त्यहाँका अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ। विमानमा चालक दलका सदस्यसहित १८८ यात्रु सवार थिए। बिमानमा १८८ यात्रुमध्ये १७८ जना बाहेक ३ जना बच्चा २ पायलट र ५ जना क्याबिन क्रू रहेका छन्। उडान भरेको १३ मिनेटपछि बिमान सम्पर्क बिहीन भएको थियो। बिमान सम्पर्कबिहीन भएपछि सर्च अपरेशन सुरु गरिएको थियो।

सम्पर्क बिहीन भएको बिमान दुर्घटना भएको राष्ट्रिय खोज तथा उद्धार निकायका एकजना प्रवक्ता युसुफ लतिफले पुष्टी गरेको गरेका छन्। उनले केही तस्वीर सार्वजनिक गर्दै बिहान दुर्घटना भएको पुष्टी गरेका हुन्। तान्जुङ प्रिओकस्थित बन्दरगाहका एक अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यले एउटा सानो पानीजहाजले समुद्रमा विमानका भग्नावशेष देखेको जनाएका छन्।

सुयादी नाम गरेका ती अधिकारीले घटनास्थलतर्फ अरू पानीजहाज पठाइएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्