बार्सिलोनासँग लजास्पद हारपछि रियल मड्रिडले लोपेटेगुईलाई बर्खास्त गर्दै

मड्रिड / स्पेनिस ला लिगामा  यसै सिजनबाट रियल मड्रिड टोली सम्हालेका प्रशिक्षक जुलेन लोपेटेगुईलाई पदबाट हउटाउने तयारी गरेको छ । गत राति ५–१ गोलले एल क्लासिकोमा बार्सिलोनासँग हारेपछि क्लबले आज उनलाई पदबाट हउटाउने तयारी गरेको हो ।

जुलेन लोपेटेगुई

लगातार तीन खेलमा हार व्यहोरेको रियल मड्रिड पछिल्ला ५ खेलमा  लगातार जितविहीन बनेको छ । रियल हाल अंक तालिकामा १० खेलपछि मात्रै १४ अंक जोडेर नवौं स्थानमा झरेको छ । नयाँ प्रशिक्षक भर्ना गर्ने तयारी गरेको रियलले खबरअनुसार  इंग्लिस क्लब चेल्सीका पूर्वप्रशिक्षक एन्टोनी कोन्टेलाई नयाँ प्रशिक्षक बनाउने तयारी गरेको छ ।

एन्टोनी कोन्टे

यसअघि स्पेनको राष्ट्रिय टोलीबाट बर्खास्त भएका जुलेन यो सिजनको सुरुमा रियलको टोली सम्हाल्न आइपुगेका थिए ।प्रकाशित समाचारअनुसार आज रियल मड्रिडको बोर्ड बैठक बस्दैछ । सोही बैठकबाट क्लबले जुलेनलाई हटाएर नयाँ प्रशिक्षक नियुक्त गर्ने बाटो खुला गर्नेछ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्