प्रिमियर लिगमा आज टोटनह्याम र म्यानचेस्टर सिटीको भिडन्त हुँदै

काठमाडौं,  /  इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति म्यानचेस्टर सिटीले   टोटनह्याम  होस्पुरसँग  भिडन्त छ ।

टोटनह्यामको घरेलु मैदानमा आज राति नेपाली समयअनुसार १ः४५ बजेबाट हुने खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । गएको सिजन यी दुई क्लब एकबेला उपाधि होडमा थिए ।

च्याम्पियन्स लिगमा जितविहीन रहेको  टोटनह्यामले लिगमा भने राम्रो  खेल खेलिरहेको  छ । घरेलु लिगमा उसले ९ खेलपछि २१ अंक जोडेर पाँचौं स्थानमा छ । घरेलु लिगमा अपराजित  रहेको सिटी  लिगमा  च्याम्पियन्स लिगमा भने  जितविहीन  छ । आजको खेल जितेर सिटी पुनः लिगको शीर्ष स्थानमा फर्किन चाहन्छ ।

आजको खेल सिटी र टोटनह्याम दुवैका लागि अंक तालिकामा अवस्था सुधार्न महत्त्वपूर्ण हुनेछ ।  टोटनह्याम भने यो खेल जितेर पाँचौं स्थानबाट तेस्रो स्थानमा उक्लिन प्रयास गर्नेछ । टोटनह्याले हालसम्म ७ खेल जितेर २ खेल बराबरी गरेको छ ।

आज टोटनह्यामको घरेलु मैदानमा हुने खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण हुने भएकाले खेलमा रोमाञ्चक प्रतिस्पर्धा हुने  छ ।


प्रतिक्रिया दिनुहोस्