पूर्व जनमुक्ति सेना नेपालको सचिवालय बैठक सम्पन्न

काठमाडौं ,कार्तिक १२/ पूर्व जनमुक्ति सेना नेपालकोे सचिवालय बैठक बिभिन्न महत्वपुर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ । आज एक प्रेस विज्ञप्ति जारि गर्दै पूर्व जनमुक्ति सेना नेपालकोे राष्ट्रिय भेला यही २०७६ साल वैशाख २८ गते र २९ गते गर्ने निर्णय गरेको छ ।

जारी विज्ञप्ति अनुसार राष्ट्रिय भेला अगाडी सबै प्रदेशमा भेला गर्ने, हरेक वर्ष मंसीर ८ गते जनमुक्ति सेना स्थापना दिवस मनाउने निर्णय गरेको छ । साथै भेलाको अन्तर्राष्ट्रिय वार्ता संवाद तथा समन्वय समिति समेत बैठकले निर्माण गरेको छ ।
‘पूर्व जनमुक्ति सेना नेपाल आफ्नो इतिहास, पहिचान, आत्मसम्मान र अधिकार प्राप्तीका लागि संघर्षको अभियानमा लामबद्ध भएको कुरा सर्वविधितै छ । यो संगठन वाईसिएल, स्वेक्षिक अवकाश र बर्हिर्गिमत जनमुक्ति सेनाहरुको साझा संगठनको रुपमा निर्माण गरेका छौं ।

यसै क्रममा महान जनयुद्धको घाइते, अपाङ्ग, सहीद परिवार, बेपत्ता परिवारको आन्दोलनलाई नैतिक तथा भौतिक समर्थन गर्दै आगामी दिनमा शान्तिपूर्ण र सशक्त संघर्षलाई अगाडि बढाउन पूर्व जनमुक्ति सेना नेपाल प्रथम राष्ट्रिय भेला आयोजक समिति सचिवालयको प्रथम बैठकले गरेका निर्णयहरु जानकारी गराउन यो विज्ञप्ति सार्वजनिक गरिएको संयोजक प्रबिन तामाङले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्