रियलका नयाँ प्रशिक्षक सोलारी मेसीका फ्यान, मेसी यस युगका उत्कृष्ट खेलाडी

म्याड्रिड  /   रियल म्याड्रिडको प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त पछी कार्यवाहक प्रशिक्षकका रुपमा जिम्मेवारी दिइएको सोलारी बार्सिलोनाको कप्तान लिओनेल मेसीको फ्यान हुन्  ।


सोलारीले केहि वर्षअघि लालिगासँगको अन्तर्वार्तामा मेसीलाई सर्वकालीन महान खेलाडीका रुपमा पेले र म्याराडोनासँग दाँजेका थिए ।रियलको प्रशिक्षण सम्हाल्नुअघि सोलारीले  एक पत्रिकामा अतिथिका रुपमा थिए, पटक पटक मेसीको प्रशंसा गर्दै लेख्ने गर्दथे ।   ‘प्रत्यक पटक मेसीले बल लिँदा धर्ति रोकिन्छ र सबैको ध्यान उनमा जान्छ । विपक्षी प्रशिक्षकको पसिना छुट्छ र मेसीले आफ्नो जादु देखाउन थाल्छन्,’ उनले लेखेका थिए ।

उनले भने :  मेसीले चौथो पटक ब्यालोन डी’ओरको उपाधि जितेपछि उनले विश्वको सर्वोत्कृष्ट खेलाडीको हुन् भन्ने विवादमा आफ्नो अभिव्यक्ति दिएका थिए । ‘ मेसी र रोनाल्डोमा फरक थाहा पाउन ब्यालोन डी’ओर उपाधि हेरे पुग्छ,’ मेसीले धेरै उपाधि जितेको समयमा उनले भनेका थिए । ‘ रोनाल्डो उत्कृष्ट खेलाडी हुन मेसीले अर्को खेल खेल्नुपर्ने हुन्छ ।

उनले सन् २०१६ मा भने उनले मेसी रियलमा खेलेको भए हुने भन्ने आशय व्यक्त गरेका थिए । ‘मेसी यस युगका उत्कृष्ट खेलाडी हुन् । तर उनले बार्सिलोनामा खेले, रियलमा आएनन । मलाई सधैं लाग्थ्यो कि उनी रियलमा आएर खेलुन  । एजेन्सी


प्रतिक्रिया दिनुहोस्