७० वर्षीया दुई वृद्धबाट बालिका बलात्कृत

भक्तपुर, १३ कात्तिक / भक्तपुरको चाँगुनारायण–४, संगम टोलमा फरक क्षमता भएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय दुई वृद्धले उनीमाथि सामुहिक बलात्कार गरेका हुन् । महागनरीय प्रहरी परिसर, भक्तपुरले बलात्कारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

परिसरका डिएसपी रेवतीरमण पोखरेलका अनुसार पक्राउ पर्नेमा स्थानीय ७० वर्षीया श्यामबहादुर मिजार र घेटेरो सार्की छन् । उनीहरुलाई पक्राउ गरी जिल्ला अदातल, भक्तपुरबाट करणी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्