मेसी मेरो आइडल खेलाडी, रोनाल्डो उत्कृष्ट खेलाडी – नेयमार

पेरिस / ब्राजिलियन नेयमारले बार्सिलोनाका पूर्वटिममेट लिओनल मेस्सीको तारिफ गरेका छन् , मेस्सीआफ्नो आइडल रहेको बताएका छन् ।  ब्राजिलियन सुपरस्टारले ४ वर्ष बार्सिलोना बिताउँदै मेसीसँग उत्कृष्ट साझेदारी गरेका थिए ।

 

 

बार्सिलोनामा छँदा मेस्सीसँग निकै नजिक भएर खेलेका नेइमार ४ वर्षपछि बार्सिलोना छाडेर विश्वकीर्तिमानी २ सय २२ मिलियन युरोमा पिएसजी गएका थिए । स्पेनमा रहँदा नेयमारले पटक पटक रोनाल्डोको सामना गरेका थिए । बास्केबलका उत्कृष्ट खेलाडी स्टेफन करीसँगको भेटमा मेसी र रोनाल्डोको प्रशंसा गर्दै नेयमारले उनीहरुबाट आफुले धेरै सिकेको बताएका छन् ।

नेइमारले बार्सिलोनामा रहँदा आफूले मेस्सीबाट धेरै कुरा सिकेको पनि बताए । ‘मैले मेस्सीबाट हरेक दिन सिकें, अभ्यास र खेलक्रममा,’ उनले थपे, ‘जसले मलाई थप आफ्नो क्षमता बढाउन सघायो ।’ मैले मेसीसँग खेले । उनी मेरो लागि सर्वकालिन उत्कृष्ट खेलाडी मध्येका एक हुन् । फुटबलमा उनी मेरो आदर्श हुन्,’ उनले भने, ‘मैले मेसीबाट हरेक दिन सिके, अभ्यास र खेलका दौरान । त्यस्तै हेरेर पनि सिके । जसले मलाई थप बलियो र आफ्नो क्षमता बढाउनका लागि मद्दत गर्यो ।’

बार्सिलोनामा मेसी, नेयमार र  लुइस स्वारेजका कारण एमएसएन भनिएको थियो । अग्रपंक्तिमा यी तीन खेलाडीको साझेदारीका कारण नेयमार ४ वर्ष क्लबमा रहँदा बार्सिलोनाले २ ला लिग, ३ कोपा डेल रे, च्याम्पियन्स लिग एक पटक जितेको थियो ।

नेयमारले मेसी र रोनाल्डो विषयमा थपे, ‘ रोनाल्डो उत्कृष्ट खेलाडी  हुन् ।  उनीहरु फुटबलका दुई ठूला नाम हुन् । त्यसैले उनीहरुसँगको प्रसंग छोडिन्छ । म उनीहरुभन्दा बढी भन्दा बढी सिक्न, जित्न, बढी भन्दा बढी उपाधि जित्न र बढी भन्दा बढी गोल गर्न चाहन्छु । त्यसले उनीहरबाट हरेक दिन केहि न केहि सिक्ने विषय हुन्छ ।’ एजेन्सी

 

 


प्रतिक्रिया दिनुहोस्