पूर्व जनमुक्ति सेना नेपालद्धारा प्रम ओलीको स्वास्थ्यलाभको कामना

काठमाडौं १४,कार्तिक / पूर्व जनमुक्ति सेना नेपालले एक विज्ञप्ती जारी गर्दै केही दिनयता उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यलाभको कामना गरेको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनका एक अथक योद्दा, साथै नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुत्याउने अभियानमा तत्कालिन पञ्चायती व्यावस्था विरुद्धको संघर्षमा १४ बर्ष लामो जेल जिवन विताउनुभएका नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपि शर्मा ओली अस्वस्थ्य भई उपचारका क्रममा हुनुभएको हुँदा उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं भनिएको छ ।

हाल त्रिवि शिक्षण अस्पताल महाराजन्जमा उपचाररत प्रधानमन्त्री ओलीले मंगलवार एक सन्देश जारी गर्दै चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ।’भनि जानकारी दिएका थिए ।

विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्