अमेरिकी राष्ट्रपति ट्रम्पको मूर्तीमा पिसाब गर्न सार्वजनिक आव्हान

काठमाडौं/ अमेरिकामै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मूर्तीमा ‘पिसाब गर’ भनी सार्वजनिक आव्हान गरिएको छ । यो अमेरिकाकै शहर ब्रुकलिनको  समाचार हो । जँहा एक सडकको छेउछाउका विभिन्न स्थानमा राष्ट्रपति ट्रम्पको अर्धकदको मुर्ति राखिएको छ र त्यसमा सबैले देख्ने गरि प्रष्ट अक्षरमा लेखिएको छ – यहाँ पिसाब गर्नुहोस्  ।

यस्तो मुर्ति फिल गब्ले नामका एक व्यक्तिले राखेका हुन् । उनि एक एडभार्टाजिङ एक्ज्युकिटिभ हुन् । उनका अनुसार यो मुर्ति निजी र सामाजिक भावनाको प्रतिकस्वरुप त्यहाँ राखिएको हो । एक प्रकारले यो कार्य ट्रम्पलाई अमेरिकी राष्ट्रपति र व्यक्तिको रुपमा समेत तिरस्कार गर्ने उद्देश्यले राखिएको हो ।


प्रतिक्रिया दिनुहोस्