माल्दिभ्समा किरणको टोली टिसी स्पोर्टस शीर्षस्थानमा

काठमाडौं  / माल्दिभ्सको माथिल्ला लिग धिवेही प्रिमियर लिगको दोस्रो सिजन खेलिरहेका गोलकिपर किरण चेम्जोङ रहेको टोली टिसी स्पोर्टस क्लबले  फोकाईधु क्लबलाई ५–१ गोल अन्तरले हरौदै लिगको शीर्ष स्थानमा कायम रहेको छ ।

टिसी स्पोर्टस क्लबले माल्दिभ्समा जारी धिवेही प्रिमियर लिगमा उच्च प्रदर्शनलार्ई गरिरहेको छ ।  टिसीको जितमा  मोहमद समीरले ह्याट्रिक गरे । इब्राहिम महुधी र अली अस्फाकले एक एक गोल गरे । फोकाईधुले सान्त्वना गोल फर्काए । जितसंगै टिसी लिगको शीर्ष स्थानमा कायम रहेको छ । टिसीले १२ खेलबाट ३३ अंक जोडेको छ । ९ अंक जोडेको फोकाईधु सातौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्