रियल मड्रिडको प्रशिक्षक बन्न एन्टोनी कोन्टेद्वारा अस्वीकार

कात्तिक १५  /  इंग्लिस क्लब चेल्सीका पूर्वप्रशिक्षक एन्टोनी कोन्टे रियल मड्रिडको प्रशिक्षक बन्न अस्वीकार गरेका छन । जुलेन लोपेटेगुईलाई हटाएपछि रियलको सम्भावित प्रशिक्षकका रूपमा बढी चर्चाका आएका इंग्लिस क्लब चेल्सीका पूर्वप्रशिक्षक एन्टोनी कोन्टेले यो रियलको नेतृत्व गर्न उचित समय नभएको बताएका छन् ।

रियलको नेतृत्व यतिबेला अन्तरिम प्रशिक्षकका रूपमा क्लबका ‘बी’ टिमका प्रशिक्षक सान्टियागो सोलारीले गरिरहेका छन् । प्रशिक्षक जुलेन लोपेटेगुईलाई पदबाट हटाएपछि अहिले मुख्य प्रशिक्षक  क्लबले  अनुबन्ध गर्न सकेको छैन । रियल  क्लासिकोमा बार्सिलोनासँग ५–१ ले हारेपछि जुलेनलाई क्लबले पदबाट हटाएको थियो ।

यसअघि इटालियन क्लब युभेन्टस र इटालीको राष्ट्रिय टोलीको समेत नेतृत्व गरिसकेकाकोन्टे गत वर्षबाटै चेल्सी छाडेपछि खाली छन् ।  अन्तर्राष्ट्रिय मिडियाका अनुसार कोन्टेले भने रियलको प्रशिक्षक बन्न तयार छैनन् । ‘मेरो विचारमा रियल सम्हाल्ने यो सही समय होइन,’ उनले भनेका छन् । रियल यो सिजन घरेलु लिग ला गिामा खराब अवस्थामा छ । उसले १० खेलपछि मात्रै १४ अंक जोडेको छ । नवौं स्थानमा छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्