कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी आजै स्वदेश फर्कदै

काठमाडौँ, १५ कार्तिक / राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्किदै छन।

कतारको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधीमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार पुगेकी थिइन् । कतारमा रहँदा राष्ट्रपति भण्डारीसँग कतारका अमिर लगायत त्यहाँका सरकारी उच्च अधिकारीहरूको भेटवार्ता भएको थियो ।

साथै उनले कतारका विभिन्न स्थान र सम्पदाको भ्रमण समेत गरेकी छिन् । राष्ट्रपतिलाई कतारका मन्त्री र कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइराला लगायत दूतावासका अधिकारीहरूले हमाद अन्तरराष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्