२१ दिनपछि १७ लाखको रिचार्ज चोर्ने चोर पक्राउ

दाङ,१५ कात्तिक । १७ लाख रुपैयाँ बराबरको एनटीसीको रिचार्ज कार्ड चोरी गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पाको माडी गाउपालिका–१ का २१ वर्षीया दलबहादुर पुन रहेका छन् । घटना भएको २१ दिनपछि रोल्पा प्रहरीको सहयोगमा प्युठानको स्वर्गद्वारी–७ स्थित ससुराली घरबाट पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले बताएका छन् ।

प्रहरीका अनुसार पुनले केही रिचार्ज कार्ड विक्री गरिसकेको भेटिएको छ भने केही कार्डहरु बरामद समेत भएका छन् ।
पुनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्