१८९ यात्रुसहित समुद्रमा खसेको विमानको ब्ल्याक बक्स भेटियो

काठमाडौं कार्तिक १६/  इन्डोनेसियाको दुर्घटनाग्रस्त लायन एयर विमानको ब्ल्याक बक्स भेटिएको छ। विमान दुर्घटनाग्रस्त भएको क्षेत्रबाट ब्ल्याक बक्स फेला परेको राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुखले बताएका छन्।

उक्त ब्ल्याक बक्सबाट विमान दुर्घटनाको कारण पत्ता लगाउन सकिने अधिकारीहरूले बताएका छन्।

उडान नम्बर जेटी ६१० जकार्ताबाट पाङलाङ पिनाङका लागि उडेको केही मिनेटमै देशको दक्षिणी जाभा समुद्रमा खसेको थियो।

पाइलटसहित विमान १८९ जना सवार थिए। उनीहरू जिवितै भेटिने संभावना टरेको छ। आजको नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित गरिएको छ।


प्रतिक्रिया दिनुहोस्