एम्बाप्पेले एल क्लासिको हेरेरका कारण कारबाहीमा

पेरिस / यूवा खेलाडी किलियन एम्बाप्पेलाई  मार्सेविरुद्धको खेलमा फ्रान्सेली प्रशिक्षक थोमस टुचेलले  पहिलो रोजाईमा नराखेको खुलासा छ ।

 

एम्बाप्पे एल क्लासिको हेरेर खेल अघिको टिम मिटिङ्गमा ढिला भएपछि प्रशिक्षक टुचेलले उनीहरुलाई बेञ्चमा राखेको डेली मेलले जनाएको छ । टिम मिटिङ्गमा ढिला आएका कारण एम्बाप्पेसँगै एड्रिएन रेबियटलाई प्रशिक्षकले बेञ्चमा राखेका हुन् । उक्त गल्तीलाई परिपूर्ती गर्दै एम्बाप्पे बेञ्चबाट मैदान प्रवेश गरेर गोल गर्न सफल भए ।

नेयमारले पनि प्रशिक्षकको उक्त निर्णयलाई समर्थन गरेका छन् । ‘क्लबमा केही नियमहरु छन्, त्यसलाई सबैले पालाना गर्नुपर्छ’, नेयमारले भने। उक्त खेलमा सुरुआत गर्न नपाएपछि एम्बाप्पे निराश देखिएका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्