खेलको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री विश्वकर्मा

स्याङ्जा १६, कात्तिक /  युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेलको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । स्याङ्जाको स्वरेक मैदानमा बिहीबार आयोजित विश्कप प्याराग्लाइडिङ प्रतियोगिता शुभारम्भका क्रममा उहाँले नेपाली खेलाडीहरुले छोटो समयमै यस खेलको माध्यामबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएको चर्चा गर्नुभयो ।

                 युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा बिहीबार स्याङजाको भिरकोट नगरपालिका वडा नं ५ महापुर स्वरेक मैदानमा आयोजित विश्वकप प्याराग्लाडिङ प्रतियोगिताको उदघाटन गर्दै । तस्बिरः हिमलाल पराजुली, स्याङजा, रासस

राज्यले खेलाडीको संरक्षण गर्ने कार्यक्रम ल्याएको बताउँदै उहाँले नेपालमा विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताका साथै धेरै ठाउँमा अन्य साहासिक खेल खेल्न सकिने भएकाले प्रकृतिले दिएको उपहारलाई सक्दो सदुपयोग गरिनेमा जोड दिनुभयो । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका क्यानडालगायत २१ देशका करीब १०० भन्दा बढी खेलाडी सहभागी भएको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष एवं सचिवालय संयोजक अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ एकल र महिला तथा पुरुष गरी कूल चार इभेन्ट्सको खोल हुनेछ । भीरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदानमा बिहीबारबाट शुरु भएको प्रतियोगिता कात्तिक १८ गते वालिङ नगरपालिका–११ डौवाफाँटमा समापन हुनेछ । नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेन्चर क्लब जिल्ला समन्वय समिति संयोजकत्वमा सो प्रतियोगिता आयोजना गरिएको हो


प्रतिक्रिया दिनुहोस्