सोनाक्षीले खुलासा गरिन् म ऋतिकसँग विवाह गर्न चाहान्छु

काठमाडौं कार्तिक १६ , / बलिउड अभिनेत्री सोनक कपुरले विवाह गरिसकिन्। प्रियंका चोपडा र दीपिका पादुकोण पनि वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन्। त्यही बलिउडमा केही हिरोइन भने अहिलेसम्म पनि जीवनसाथीको खोजीमा छन्।

यी अभिनेत्री यस्ता मान्छेको खोजीमा छन् कि जसले उनीहरूलाई बुझेर पूरा जिन्दगी साथमै बिताउन सकून्। कुरा सोनाक्षीको हो। उनले जीवनसाथीको विषयमा एक अन्तर्वार्तामा केही खुलासा गरेकी छन्।

लाइफ स्टाइल म्यागेजिनले सोधेको थियो, ‘कुन पुरुष सबैभन्दा ठीक हुन सक्छ रु जोसँग सोनाक्षी विवाह गर्न चाहन्छिन् ?’ उनले भनिन्, ‘म यस्तो पुरुषलाई अपनाएर जीवनसाथी बनाउन चाहन्छु, जसले मलाई खास महत्व दिन्छ र कहिल्यै झूट बोल्दैन।’

फिल्म क्षेत्रकै मान्छे रोज्नुपऱ्यो भने भन्ने प्रश्नमा उनले आफूलाई ऋतिक रोशन मनपर्ने बताएकी छिन् ।
आफू विवाहका लागि ऋतिकसँग राजी भएको उनको धारणा थियो। आजको नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित गरिएको छ।


प्रतिक्रिया दिनुहोस्