केभिन डि ब्रुयन फेरि घाइते,

लन्डन  /  इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्ले मेकर केभिन डि ब्रुयन  कारवाओ कप अन्तरगत फुलहमविरुद्ध खेल सकिन ५ मिनेट बाँकी रहँदा घाइते हुदै फेरि  मैदान बाहिर रहने भएका छन् ।

दुई साताअघि मात्रै मैदान फर्किएका केभिन डि ब्रुयन फुलहमका  फोसु मेन्साहासँग ठोक्किदा बाया खुट्टामा चोट रहेका थिए ।  चोटपछिको ब्रुयनको यो तेस्रो खेल खेलेका उनको पूनरागमन सुखद रहेन । उनी लिगामेन्टमा देखिएको समस्याका कारण दुई महिना मैदान बाहिर रहेका थिए ।

च्याम्पियन्स लिग अन्तरगतको साख्तर डोनेक्सविरुद्धको खेलबाट पुनरागमन गरेका डि ब्रुयन  टोटनहमविरुद्धको जितमा ब्रुयनले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।

उनको चोट कति गम्भीर हो, त्यसबारे मेडिकल रिपोर्टपछि मात्रै जानकारी हुने बताइएको छ । उनको चोटबारे अहिले डक्टरहरुले परीक्षण गरिरहेका छन् ।
एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्