निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै नयाँ शक्तिले माइतीघर मण्डलमा प्रदर्शन गर्दै

काठमाडौं / कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज एक सय दिन पूरा भएकै दिन नयाँ शक्ति नेपाल पार्टीको महिला संगठन महिला शक्ति महासंघले आज दिउँसो ३ बजे माइतीघर मण्डलमा प्रदर्शन गर्दैछ । महासंघले बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नको शीघ्र पहिचान गरी कानूनी कार्वाहीको लागि दवाव दिन प्रदर्शन गर्न लागेको हो ।

बालिका निर्मलाको बलात्कारपछि हत्या भएको एक सय दिन पुगिसक्दा पनि अपराधी पत्ता लगाउन सरकारले केही काम नगरेकोले दवावका लागि प्रदर्शन गर्न लागिएको नयाँ शक्ति पार्टीकी हेडक्वार्टर सदस्य हिसिला यमीले जानकारी दिएका छन । उनले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न वास्तविक अपराधीहरुको पहिचान र कारवाही नभएसम्म नयाँ शक्तिले दवाव आन्दोलनलाई जारी राख्ने पनि बताइन् ।


प्रतिक्रिया दिनुहोस्