ताप्लेजुङमा निशुल्क स्वास्थ्य शिविर शुरु (फोटो फिचर )

काठमाण्डौ, १६ कार्तिक  / ताप्लेजुङ सदरमुकाम फुङलिङमा बृहत्त स्वास्थ्य शिविर शुरु भएको छ । शुक्रवार देखि शुरु भएको शिविरमा ३ दिन सम्म सञ्चाल हुनेछ ।

शिविरमा मुटुरोग, स्त्रीरोग, हाडजोर्नी बिशेषज्ञ वरिष्ठ मुटुरोग बिशेषज्ञ प्राध्यपक डा. अनिल भट्टराई अध्यक्ष रहेको ‘सेभ द हार्ट’ नामक संस्थाको बिशेषज्ञ तथा प्राविधिक सहयोग र जिल्ला समन्वय समिती ताप्लेजुङको आयोजनामा उक्त सिविर ताप्लेजुङमा शुरु भएको हो ।

सिविर ब्यवस्थापनको लागी गठन भएको काठमाण्डौ समन्वय समितीका संयोजक अग्नी पौडेलका अनुसार सिविरमा मुटुरोग बिशेज्ञ, स्त्रीरोग बिशेषज्ञ, हाडजोर्नी बिशेषज्ञ र जनरल फिजीसियन समेत रहेको २८ जना डाक्टर तथा ३० जना वढी नर्सहरुले बिरामीहरुलाई सेवा गर्ने छन ।


प्रतिक्रिया दिनुहोस्