भौतिक पूर्वाधारमन्त्री केशव स्थापित पदबाट बर्खास्त

काठमाडौं, १६ कात्तिक /  प्रदेश–३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित पदबाट बर्खासत भएका छन् । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो ।

उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो । त्यसपछि मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निष्कर्षमा पुगेका थिए । व्यक्तिगत चरित्र र आचरणका कारण केहि दिनदेखि चर्चामा आइरहेका स्थापितको पछिल्लो काण्डका कारण मन्त्री पद नै गुमाउनु परेको छ ।


प्रतिक्रिया दिनुहोस्