जिल्ला प्रहरी कार्यालय ताप्लेजुङद्धारा ठुलो परिणाममा विष्फोटक पदार्थ नष्ट

काठमाडौं १६ कार्तिक / जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले ठुलो परिणाममा विष्फोटक पदार्थ नष्ट गरेको छ । प्रहरीले सदरमुकाम एरिया भित्र अतिसबादी पटका, भुईचम्पा, झिरमीरे जस्ता विष्फोटक पदार्थ नियन्त्रण गर्ने क्रममा विहीबार फुङ्लिङ नगरपालिका वडा नं ४ को कोप्चे भन्ने स्थानमा रहेको खालि जग्गामा काटुनमा प्याक गरी राखेको अवश्थामा पटका फेला पारी शुक्रबार सार्वजनीक गरी नष्ट गर्रीएको हो ।

विष्फोटक पदार्थमा जगमग लेखिएको पटका १२ सय ९६ थान, तुफान लेखीएको पटका ७२ थान, गोलो पटका ७ थान गरी १३ सय ७५ थान र कोव्रा लेखीएको खुर्सानी पटका १५ सय ९६ थान गरी जम्मा २ हजार ९ सय ७१ थान पटका पटकालाई नष्ट गरीएको हो । नेपालीको दास्रो ठुलो चाड दिपावली नजिकीए संगै विष्पोटक पदार्थ पटकालाई प्रहरीले कडाई गरेको छ ।


प्रतिक्रिया दिनुहोस्