मन्त्री पदबाट बर्खास्त भएका स्थापित भन्छन्, मलाई थाहा छैन

हेटौंडा ( प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई अपमान गरेको भन्दै विवादमा तानिएका प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित बर्खास्त गरिएको समाचार आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ । समाचारमा मुख्यमन्त्री पौडेल र मन्त्री केशव स्थापितको भनाइ छापिएको छ ।

सबैसँग छलफलपछि बर्खास्त गरेको हुँ

मैले प्रधानमन्त्रीदेखि पार्टी नेतृत्व र प्रदेशका सबै मन्त्रीसँग छलफल गरेरै निर्णय लिएको हुँ । उहाँ (स्थापित) को व्यवहार र अपशब्द प्रयोगका कारण निर्णय लिन बाध्य भएको हुँ । (डोरमणी पौडेल, मुख्यमन्त्री

आधिकारिक जानकारी पाएको छैन

मलाई आधिकारीक जानकारी छैन । शुक्रबार साँझसम्म पनि आधिकारीक पत्र, म्यासेज, इमेल वा फोन केही आएको छैन । आधिकारिक जानकारी पाएपछि प्रधानमन्त्रीसँग छलफल गर्छु । राजनीतिमा यस्तो उतारचढाव भइरहन्छ, मैले सामान्य रुपमा लिएको छु ।


प्रतिक्रिया दिनुहोस्