मोहन वैद्य भन्छन् अरुले भनेजस्तो म रुखो छैन

काठमाडौ‌ कार्तिक १७, / क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले आफू अरुले प्रचार गरेजस्तो रुखो स्वभावको नभएको बताएका छन्। ‘कहिलेकाहीँ रिसाउँछु । नजिकका मान्छेहरूबाट अप्रत्यासित प्रसंगहरू आएमा अझ बढी रिसाउँछु,’ वैद्यले भने, ‘तर विरोधीहरूसँग रिसाउँदिनँ । मेरो अर्को स्वाभाव अलि विद्रोही हो । यो सानैदेखिको हो।

मोहन वैद्य भन्छन्ः
मैले आफैँलाई के भनौँ । तर, अरूले मलाई बढी नै सौन्दर्य चिन्तक भन्छन् । तर, म त्योभन्दा बढी राजनीतिक हुँ । मेरो विषय नै राजनीति हो। कहाँबाट चाहिँ मलाई यो सौन्दर्य चिन्तक भनियो थाहा छैन।

वैज्ञानिक समाजवादी हुँ
कम्युनिस्ट विरोधीहरूले मलाई परम्परागत कम्युनिस्ट ९जडसूत्रवादी० भन्छन् । यो एक प्रकारको आरोप नै हो । केही कमी–कमजोरी हुन सक्लान् तर, माक्र्सवादको गुदीलाई अर्थात् सारतत्वलाई पकड्न नसक्नेहरूले त्यस्तो भन्छन्।

राष्ट्रपति दिए नि खान्नँ
नेपालमा पछिल्लो समयमा जति पनि सत्तामा गए, उनीहरू नेगेटिभ भएका छन् । तर, सत्ता खाली नकारात्मक मात्र नभएर सकारात्मक पनि हुन्छ । अहिले देशमा पुँजीवादी शासन व्यवस्था छ।

निजी पुँजीलाई महत्व दिने संसद्वादी व्यवस्था छ, मुलुकमा । विभेद र असमानता छ । वर्तमानको बुर्जुवासत्ता हुँदासम्म म सत्तामा जान्नँ । राष्ट्रपति नै बनाए पनि खान्नँ।

टीका लगाउँछु, दसैँमा होइन
आदिम साम्यवादी समाजबाटै धर्म जन्मिएको हो । धर्म र संस्कृति जोडिएको हुन्छ । तर, संस्कृतिबराबर धर्म होइनँ। धर्म–संस्कृतिमा रहेका राम्रा पक्षहरूको जगेर्ना गर्नुपर्छ। नराम्रा पक्षको विरोध गर्नुपर्छ।

खासमा अधर्मको उल्टो धर्म हो । तर, यसलाई ईश्वरसँग जोडियो । धर्म पुरानो राज्यसत्तालाई जोगाउने साधन बन्ने गरेको छ । तसर्थ, नेपालमा धर्म सापेक्षता हुनुहुन्न।

म भौतिकवादी हुँ कुनै पनि धर्म मान्दिनँ । तर, जनताले मान्ने धर्मप्रति अनास्था गर्दिनँ । पहिले–पहिले पञ्चायतकालमा मैले पनि दसैँमा टीका लगाएँ।

अहिले पनि सामान्य अवस्थामा टीका लगाउँछु । तर, दसैँमा लगाउँदिनँ । दसैँको टीकालाई धर्मसँग जोडियो । त्यसकारण लगाउन छोडेको हुँ।

जीवनभर राजनीति गर्छु
७३ वर्षको भएँ । युवाजस्तो ज्यानमा तागत छैन । प्रेसरको समस्या पनि छ । भौतिक रूपले अलि गाह्रो भए पनि पार्टीका काम गरिरहेकै छु । जीवनभरि राजनीतिबाट विश्राम लिन्नँ। जनताको सत्ता नआएसम्म मेरो यो स्वाभाव रहिरहन्छ।’ आजको नयाँ पत्रिका दैनिकमा दिपेन्द्र पापकोटाले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्